काठमाडौँ । मनसुनी वर्षापछि आएको विपद्मा परेर काठमाडौँ उपत्यका सहित देशभरमा शनिवार ७ बजेसम्म ६६ जनाको मृत्यु भएको छ। बाढी, पहिरो र डुबानमा परी अन्य ४० जना घाइते भएका छन् भने ७९ जना बेपत्ता रहेका प्रहरीले जानकारी दिएका छन् ।
सशस्त्र प्रहरीका अनुसार काठमाडौँ उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ। काठमाडौँमा ११, भक्तपुरमा ५ र ललितपुरमा १८ जनाको मृत्यु भएको छ। सशस्त्र प्रहरीका प्रवक्ताका अनुसार पाँचथरमा ५, धनकुटामा २, सोलुखुम्बुमा २, सुनसरीमा १, काभ्रेमा १४, धादिङमा १, सिन्धुपाल्चोकमा ४, दोलखामा ३ जनाको मृत्यु भएको बताएका छन् ।
उनका अनुसार ललितपुरमा १५, काभ्रेमा २६, काठमाडौँमा ६, मकवानपुरमा ७, दोलखामा ३, झापामा ४, पाँचथरमा ५, सिन्धुपाल्चोकमा ५ जना तथा अन्य जिल्लासहित गरेर ७९ जना बेपत्ता छन्। दिउँसो ४ बजेदेखि देशभरको मौसममा सुधार देखिएको छ । थप पानी पर्ने सम्भावना बाकी रहेको कारण थप सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ ।




































