काठमाडौँ ! बुधबारसाझम्म नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय बालुवाटारबाट साढे ८ करोड रुपैयाँभन्दा बढी सुकिला नोटको सटही भएको छ ।
राष्ट्र बैंकको जानकारी अनुसार उक्त रकम चार दिनको अवधिमा सतही भएको छ। जस अनुसार आइतबार अर्थात् पहिलो दिन १ करोड ४५ लाख, सोमबार १ करोड ८० लाख, मङ्गलवार २ करोड ३० लाख र बुधवार २ करोड २ करोड ९२ लाख गरी करिब ८ करोड ४७ लाख रुपैयाँ सटही भएको हो ।
बिहीबार घटस्थापनाका दिन नेपाल सरकारले सार्वजनिक बिदा दिएको कारण बैंक तथा वित्तीय संस्था बन्द हुँदा कारोबार हुन नसकेपनी आज शुक्रवारको दिन उक्त सतही गर्न आउनेको जम्मा साँझ मात्रै उपलब्ध हुने रास्ट्रबैंकले जनाएको छ।
सरकारले यस बर्ष नयाँ नोटको साटो पुरानो तर सुकिलो नोटको वितरण गर्ने निर्णय गरेको थियो ।
बैंकका प्रादेशिक कार्यालयबाट वितरण भएको नोटको विवरण उल्लिखित तथ्यांकमा समावेश छैन । उक्त तथ्यांक समेत जोड्दा सर्वसाधारणले यो अवधिमा सटही गरेको रकम धेरै हुन आएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकको केन्द्रीय कार्यालय, सातैवटा प्रादेशिक कार्यालयसहित सबै बैंक तथा वित्तीय संस्थाबाट सुकिला नोट सटही सुविधा दिइरहेको राष्ट्र बैंकले जनाएको छ । सबै दरका एक/एक थान गरी प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नोट सहटी गर्ने वितरण भइरहेको छ ।




































