National life

बेलायतबाट प्राप्त हुने तेह्र अर्ब बढी अनुदान स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ साउन २०८१, बिहिबार
592Shares
बेलायतबाट प्राप्त हुने तेह्र अर्ब बढी अनुदान स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय
ncell

काठमाडौँ । नेपाल सरकारले बेलायत सरकारबाट नेपाललाई प्राप्त हुने लैङ्गिक तथा मानव विकास उपलब्धि र वातावरण अनुकूलन तथा समावेशीसम्बन्धी कार्यक्रम अन्तर्गत १३ अर्ब आठ करोड रुपैयाँ अनुदान स्विकार्ने भएको छ ।

मन्त्रिपरिषद्को आजको निर्णयले बेलायतबाट प्राप्त हुने लैङ्गिक तथा मानव विकास उपलब्धिलाई बढवा दिनेसम्बन्धी कार्यक्रमका लागि ३८ दशमलव पाँच मिलियन पाउन्ड (करिब छ अर्ब ५८ करोड) र वातावरण अनुकूलन तथा समावेशीसम्बन्धी कार्यक्रमका लागि ३८ दशमलव पाँच मिलियन पाउन्ड (करिब छ अर्ब ५० करोड) अनुदान सहायता स्विकार्ने निर्णय गरेको हो।

गत मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयलाई आज यहाँ सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले एसियाली विकास बैङ्कबाट जीवमैत्री वातावरणसम्बन्धी परियोजनाका लागि प्रस्ताव गरिएको अनुदान तथा १० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा वार्ता टोली गठन गर्ने निर्णय भएको जानकारी दिएका हुन।

 

 

Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
592SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?