काठमाडौं । उद्योग विकास संस्थान (डीडीसी) का महाप्रबन्धक सञ्जीव झामाथि शुक्रबार दुर्व्यवहार भएको छ।
क्रान्तिकारी युवा संगठन नेपालले झामाथि भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँदै कालोमोसो दलेर दुर्व्यवहार गरेको हो ।
क्रान्तिकारी युवा संगठन नेपालले झा डीडीसीमा अनियमितता र भ्रष्टाचारमा समावेश रहेको आरोप लगाउँदै कालोमोसो दलेको जनाएको छ । संगठनका केन्द्रीय सदस्य निरमान तामाङले कार्यालयमे पुगेर झालाई कालोमोसो दलिएको बताएका छन् ।
कालोमोसो दल्ने क्रममा हात हालाहालको अवस्था समेत सृजना भएको थियो । केही दिनअघि सोही समूहले यातायात व्यवस्था विभागका महानिर्देशकलाई पनि कालोमोसो दलेको थियो ।


































