National life

महालक्ष्मी विकास बैंक र राउण्ड टेबल नेपालबीच सहकार्य

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ भदौ २०८१, आइतबार
579Shares
महालक्ष्मी विकास बैंक र राउण्ड टेबल नेपालबीच सहकार्य
ncell

काठमाण्डौ। महालक्ष्मी विकास बैंक र राउण्ड टेबल नेपालबीच बैंकबाट दैनिक रुपमा निस्कने डिस्पोजेबल कागजहरु उचित रुपमा विसर्जन गर्ने सम्बन्धमा सहकार्यको सुरुवात भएको छ।

पुराना कागजहरु नष्ट गर्ने कार्यलाई निरुत्साहन गर्न सचेतना अभिवृद्धि गर्ने तथा पुनःप्रयोग तथा पुनःप्रशोधनमार्फत वातावरण संरक्षण गर्दै सामाजिक रुपमा पिछडिएका विद्यार्थीहरुको शौक्षिक विकास गर्ने मुल उद्देश्यका साथ उक्त सहकार्य भएको हो।

सहकार्यअन्तर्गत राउण्ड टेबल नेपालले महालक्ष्मी विकास बैंकका विभिन्न कार्यालयमा रहेका डिस्पोजेबल कागजहरु संकलन गर्नेछ । यसरी संकलन गरिएका कागजहरु राउण्ड टेबल नेपाल र महालक्ष्मी विकास बैंकको प्रत्यक्ष निगरानीमा तोकिएका कागज उत्पादक कम्पनीलाई पुनःप्रशोधनको लागि दिइने र सो मार्फत प्राप्त रकम गरिब तथा असहाय विद्यार्थीहरुको शिक्षामा पहुँच विस्तार गर्दै शैक्षिक विकासको लागि खर्च गरिनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसबाट बैंकले गर्दै आएको संस्थागत सामाजिक उत्तरदायित्व कार्य तथा राउण्ड टेबल नेपालले गर्दै आएको ‘बालबालिकालाई शिक्षित गरौं’ भन्ने परियोजनामा थप टेवा पुग्ने विश्वास दुवै संस्थाले लिएका छन् ।

महालक्ष्मी विकास बैंकको देशभर रहेका आफ्ना १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु रहेका छन् । २०८० पुस २८ गते सम्पन्न बैंकको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैंक वावित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमाल्याउन प्रस्ताव समेत पारित भएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
579SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?