National life

रसुवागढी नाकाबाट बीस हजार डलर सहित नुर्पु तामाङ पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ साउन २०८१, बुधबार
487Shares
रसुवागढी नाकाबाट बीस हजार डलर सहित नुर्पु तामाङ पक्राउ
ncell

काठमाण्डौ । रसुवागढी नाकाबाट बीस हजार अमेरिकी डलर सहित एकजना नेपाली युवा पक्राउ परेका छन् ।

अवैध रुपमा डलर राखेको आरोपमा आमाछोदिङ्मो गाँउपालिका पाँच पाजुङका २२ वर्षिय नुर्पु तामाङ पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय रसुवालेले लुकाइ छिपाइ अवैधरुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको २० हजार अमेरिकी डलरसहित पक्राउ गरेको हो ।

तामाङले रसुवागढी नाका हुँदै चीनको केरुङतर्फ २० हजार डलर लैजादै गर्दा पक्राउ गरिएको प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्रहरीले उनको साथबाट अमेरिकी डलर १ सयका नोट २ सय थान गरी २० हजार डलर प्राप्त गरेको छ ।

उनलाई इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकि रसुवागढी, सशस्त्र प्रहरी बल टिमुरे र रसुवा भन्सार कार्यालयको संयुक्त्त टोलिले चेक जाँच गरेको थियो ।

अहिले थप अनुसन्धानकाका लागि तामाङलाई राजश्व अनुसन्धान बिभाग हरिहर भवन ललितपुर पठाईएको प्रहरीले जानकारी दिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
487SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?