National life

राजस्व चुहावट नियन्त्रणमा प्रहरीको सक्रियता, ४अर्ब तीन करोड बढी राजस्व संकलन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० चैत २०८०, मङ्गलबार
518Shares
राजस्व चुहावट नियन्त्रणमा प्रहरीको सक्रियता, ४अर्ब तीन करोड बढी राजस्व संकलन
ncell

काठमाडौं । राजस्व चुहावट र तस्करीका क्षेत्रमा देखिएका नवीन प्रवृत्ति र प्रमुख समस्याको पहिचान गरी प्रभावकारी रुपमा तस्करी नियन्त्रण गर्न नेपाल प्रहरी सक्रिय रहेको छ।

तस्करी नियन्त्रण गरी राजस्व संकलन गर्ने क्रममा चालु आर्थिक वर्षको हालसम्ममा चार अर्ब तीन करोड ४४ लाख ९६ हजार ५२९ रुपैयाँ बराबरको राजस्व संकलन भएको जनाइएको छ। उक्त राजस्व चोरी, पैठारी तथा अवैध सुन, चाँदी, मालसामान, नदीजन्य पदार्थ, अवैध काठ बरामद, अवैध मुद्रा, हुन्डी कारोबार, ट्राफिक जरिवाना, फैसला कार्यान्वयनलगायत शीर्षकबाट संकलन भएको हो।

ती शीर्षकमा संलग्न सात हजार ६ सय ७९ जनालाई प्रहरीले कानुनी दायरामा ल्याई उक्त राजस्व संकलन गरेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

Royal Enfield
nic asia capital
उनका अनुसार राज्यको कानुन कार्यान्वयनका क्रममा फैसला कार्यान्वयनबाट पक्राउ, अवैध भन्सार छली, ट्राफिक कारबाहीलगायत कार्यबाट नेपाल प्रहरीले वार्षिक रुपमा ठूलो परिमाणमा राजस्व संकलन गर्दै आएको छ ।

लुकाईछिपाई भन्सार छली गर्ने, अवैध रुपले सामान भित्र्यमउनेजस्ता राजस्व चुहावटका क्षेत्रमा देखिएका समस्या भएको प्रवक्ता ढकालले बताए । उनले भने, ’यस्ता समस्याको समाधान गर्दै चेकजाँचमा कडाइ गर्ने, आधुनिक प्रविधिको प्रयोग गर्ने, निगरानी र नियन्त्रणका उपाय अवलम्बन गरी प्रहरीले सक्रिय रुपमा काम गर्दै राजस्व संकलनमा योगदान दिएको र राजस्व चुहावट नियन्त्रणमा खटिएका सरोकारवाला निकायका कर्मचारीसँग समन्वय तथा सहकार्य गरी नेपाल प्रहरीले काम गर्दै आएको छ।’

संकलित राजस्वमध्ये अवैध मालसामान बरामदबाट एक अर्ब ३६ करोड ४४ लाख तीन हजार दुई सय ५६ रुपैयाँ, ट्राफिक जरिवानाबाट एक अर्ब १० करोड ३६ लाख ४५ हजार तीन सय ५४ रुपैयाँ र फैसला कार्यान्वयनबाट एक अर्ब दुई करोड ७८ लाख तीन हजार पाँच सय ४३ रुपैयाँ संकलन भएको प्रवक्ता ढकालले जानकारी दिए ।चालु आर्थिक वर्षमा हालसम्म संकलित राजस्व तथ्यांकको विश्लेषण गर्दा राजस्व संकलन ६ अर्ब पाँच करोड १७ लाख ४४ हजार ७९४ रुपैयाँ हुने प्रक्षेपण गरिएको छ ।

जुन गत आर्थिक वर्षको तुलनामा ३५ दशमलव १७ प्रतिशतले बढी हुने आंकलन गरिएको छ । उक्त रकम मासिक औसत ५० करोड ४३ लाख १२ हजार ६६ रुपैयाँका दरले हुन आउँछ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म आठ महिनाको राजस्व संकलन गत आर्थिक वर्षको आठ महिनाको तुलनामा ५० दशमलव २८ प्रतिशतले राजस्व संकलनमा वृद्धि भएको प्रहरीको तथ्यांकले देखाएको छ ।

आर्थिक वर्ष २०७८-७९ र आर्थिक वर्ष २०७९-८० को फागुन मसान्तसम्मको राजस्व संकलन दुवै आर्थिक वर्षको आठरआठ महिनाको तुलना गर्दा १० दशमलव ४ प्रतिशतले राजस्व संकलनमा कमी आएको देखिन्छ ।यसैगरी, आर्थिक वर्ष २०७८-७९ को फागुन मसान्तसम्म दुई अर्ब ९९ करोड एक लाख ४३ हजार २४८ रुपैयाँ र चालु आर्थिक वर्षको फागुन मसान्तसम्म चार अर्ब तीन करोड ४४ लाख ९६ हजार पाँच सय २९ रुपैयाँ बराबर राजस्व संकलन भएको देखिन्छ ।

दुवै आर्थिक वर्षको आठ महिनाको राजस्व संकलन दर तुलना गर्दा ३५ दशमलव १८ प्रतिशतले वृद्धि भएको उनले बताए ।’वर्तमान गृहमन्त्रीज्यूको पद बहाली मितिभन्दा अगाडिको २२ दिन र पछाडिको २२ दिन अवधिको फैसला कार्यान्वयनबाहेकको राजस्व संकलनतर्फको तथ्यांक विश्लेषण गर्दा समग्रमा २४ दशमलव ५० प्रतिशतले राजस्व संकलन वृद्धि भएको र सीमा क्षेत्रमा नेपाल प्रहरीको सक्रियता बढेकै कारण राजस्व संकलन वृद्धि तथा चुहावट नियन्त्रणमा उल्लेखनीय योगदान पुगेको हो,’ प्रवक्ता ढकालले भने ।

यो समाचार शेयर गर्नुहोस्
518SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?