National life

राष्ट्रिय निकुञ्ज नजिकै डेढ सय किलो गाँजासहित ७ जना पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ वैशाख २०८१, बुधबार
523Shares
राष्ट्रिय निकुञ्ज नजिकै डेढ सय किलो गाँजासहित ७ जना पक्राउ
ncell

काठमाडौँ । मकवानपुरमा डेढ सय किलो गाँजा बोकेर हिँडिरहेका सात जना पक्राउ परेका छन् । पर्सा राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएको सेना र कर्मचारीको संयुक्त टोलीले मनहरी गाउँपालिका– ४ माथिल्लो मसिनेबाट उनीहरूलाई पक्राउ गरेको हो ।

राष्ट्रिय निकुञ्ज नजिकैको क्षेत्रमा बोरा बोकेर हिँडिरहेका उनीहरूलाई सुरक्षाकर्मीले शङ्का लागेर खानतलासी गर्दा गाँजा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–३ का दुई जना किशोर छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनीहरूको नाम भने सार्वजनिक गरिएको छैन ।

ती बाहेक पक्राउ पर्नेमा कैलाश गाउँपालिका–४ का बमबहादुर चेपाङ, हरिकुमार प्रजा, वीरमान प्रजा, मनहरी गाउँपालिका–३, हाँडी खोलाका रामहरि लुइँटेल र मनहरी–५ का दीपक थापा मगर रहेको प्रहरीको जानकारी छ ।

यो समाचार शेयर गर्नुहोस्
523SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?