National life

लमजुङमा एक वर्षभित्र दुई सय १८ वटा नयाँ घरेलु उद्योग थपिए

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ भदौ २०८१, मङ्गलबार
512Shares
लमजुङमा एक वर्षभित्र दुई सय १८ वटा नयाँ घरेलु उद्योग थपिए
ncell

काठमाडौं । लमजुङमा एक वर्षमा दुई सय १८ वटा नयाँ घरेलु उद्योग थपिएका छन्। पर्यटन तथा साना उद्योग विकास कार्यालयमा आर्थिक वर्ष २०८०/८१ को साउनबाट असार मसान्तसम्ममा नयाँ घरेलु उद्योग दर्ता भएको कार्यालय प्रमुख मिताकुमारी थापाले जानकारी दिए ।

उहाँका अनुसार सो अवधिमा चार सय १२ उद्योग नवीकरण भएका छन् । एक सय ७६ वाणिज्य दर्ता भएको छ भने, पाँच सय ५२ वाणिज्य नवीकरण भएका छन् ।

Royal Enfield
nic asia capital
अघिल्लो आव २०७९र८० मा दई सय ९१ घरेलु उद्योग दर्ता भएका थिए । अघिल्लो वर्षको तुलनामा गत आवमा उद्योग दर्ता कम भएको हो ।

सोही आवमा दुई सय आठ वाणिज्य दर्ता भएका थिए भने पाँच सय १८ वटाको नवीकरण भएका थिए । आव २०७८र७९ को साउनदेखि असार सम्म छ सय ८५ घरेलु उद्योग दर्ता भएका थिए । उक्त अवधिमा दुई सय ८२ घरेलु उद्योगको नवीकरण भएको थियो ।

बेँसीसहर, सुन्दरबजार, भोटेओडार, सोती पसल भोर्लेटारलगायतका स्थानमा पसलको सङ्ख्या वृद्धि भइरहेका रहेका छन् । दर्ता भएका उद्योगमध्ये अधिकांश कृषि फार्म, सिलाइकटाई, अलैँची, ब्युटिपार्लर, कृषि औजार, मौरिपालन, बङ्गुर फार्म, दालमोठ उद्योग, पर्यटन उद्योगलगायत छन् ।

यो समाचार शेयर गर्नुहोस्
512SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?