काठमाडौँ। ग्लोबल फाइनान्स म्यागेजिनले संसारभरका केन्द्रीय बैंकका उत्कृष्ट गभर्नरहरूको सूची सार्वजनिक गरेको छ। उक्त म्यागेजिनले विश्वका केन्द्रीय बैंकका गभर्नरहरूलाई ग्रेड प्रदान गर्दै ‘सेन्ट्रल बैंकर रिपोर्ट कार्ड २०२४’सार्वजनिक गरेको हो ।
सार्वजनिक सूचि अनुसार गभर्नरहरूलाई तीन ग्रेडमा विभाजन गरिएको छ । गभर्नरहरूलाई उत्कृष्टताका आधारमा ‘ए प्लस’, ‘ए’ र ‘ए माइनस’ ग्रेड प्रदान गरिएको छ । ‘सेन्ट्रल बैंकर रिपोर्ट कार्ड सन् १९९४ देखि वार्षिक रूपमा प्रकाशन गर्न थालिएको थियो । जसमा विश्वका १०० प्रमुख देशका केन्द्रीय बैंक, विभिन्न क्षेत्र, युरोपेली युनियन,इस्टर्न क्यारिबयन सेन्ट्रल बैंक,बैंक अफ सेन्ट्रल अफ्रिकन स्टेट र सेन्ट्रल बैंक अफ अफ्रिकन स्टेटका गभर्नरहरूलाई ग्रेड प्रदान गर्ने गरिन्छ ।
गभर्नरहरूलाई मुद्रास्फीति नियन्त्रण, आर्थिक वृद्धिको लक्ष्य,मुद्रा स्थिरता र ब्याजदर व्यवस्थापनका आधारमा ए प्लसदेखि एफसम्म ग्रेड प्रदान गरिन्छ । ग्रेडअनुसार ए भनेको उत्कृष्ट प्रदर्शन गर्ने र एफ भनेको असफल भएको मानिने गर्छ ।
ग्लोबल फाइनान्सका अनुसार डेनमार्कको केन्द्रीय बैंकका गभर्नर क्रिष्टियन केटल थोम्सेन, भारतको केन्द्रीय बैंकका गभर्नर शक्तिकान्त दास र स्विट्जरल्याण्डको केन्द्रीय बैंकका गभर्नर थोम्सन जोर्डनले ए प्लस अर्थात् उच्च ग्रेड पाएका छन् ।
यस्तै ब्राजिकका गभर्नर रोबर्टो काम्पोस नेटो, चिलिका रोस्साना कोस्टा,मौरिससका हर्भेस कुमार सिगोलाम,मोरेक्कोका अब्देलातिफ जौआरी, दक्षिण अफ्रिकाका लेसेत्जा ग्याङग्यो,श्रीलंकाका नन्दलाल विरासिङ्गे र भियतनामका एनगुएन थी होङले ए ग्रेड पाएका छन् ।
अमेरिकी केन्द्रीय बैंकका गभर्नर जेरेमी हेडेन पावेलले भने ए माइनस ग्रेड प्राप्त गरेका छन् । कम्बोडिया, क्यानडा, कोस्टारिका, डोमिनिकन रिपब्लिक, युरोपियन युनियन, ग्वाटेमाला,इन्डोनेशिया,जमैका,जोर्डन,मंगोलिया,नर्वे,पेरु, फिलिपिन्स र स्वीडेनको केन्द्रीय बैंकका गभर्नरहरूले ए माइनस ग्रेड पाएको उक्त सूचीमा उल्लेख गरिएको छ । ग्लोबल फाइनान्स म्यागेजिनको सहयोगमा






































