काठमाडौँ । राजस्व अनुसन्धान कार्यालय, इटहरीले शौर्य सिमेन्ट उद्योगसँग अवैध विदेशी चुरोट भेटिएको विषयमा लिखित जवाफ माग गरेको छ ।
सिमेन्ट उद्योगभित्र विदेशी ब्रान्डका राजस्व छलीका मार्लबोरो चुरोट भण्डारण गर्ने गरेको सूचना बाहिरिएपछि पोल खुल्ने डरले अढाई ट्रक आसपासमा चुरोट जलाइएको घटना सार्वजनिक भएपछि उद्योगसँग राजस्व अनुसन्धान कार्यालयले जवाफ माग गरेको हो ।
उद्योगभित्र चुरोट जलाइएको अवस्थामा मात्र भेटिएको र थप चुरोट नभेटिएको राजस्व कार्यालयले जानकारी दिएको छ । बाँकी रहेका चुरोट उद्योगले कतै लुकाएको हुन सक्ने आशंका गरिएको छ ।
कार्यालयका अनुसार, सिमेन्ट उद्योगमा चुरोट कसरी आयो, कहिले आयो लगायतका विषयमा जवाफ माग गरिएको छ ।


































