National life

सगरमाथा जलविद्युत कम्पनीले हकप्रद निष्काशन गर्ने, प्रस्तावित योजनामा के छ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ पुस २०८०, मङ्गलबार
673Shares
सगरमाथा जलविद्युत कम्पनीले हकप्रद निष्काशन गर्ने, प्रस्तावित योजनामा के छ ?
ncell

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमीटेडले हाल कायम चुक्तापूँजीको शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ।

कम्पनीले आगामी पुस २५ गते बुधबार आफ्नो तेश्रो वार्षिक साधारणसभा आह्वान गर्दै हाल कायम चुक्तापूँजी १ अर्ब १२ करोड रुपैयाँको शतप्रतिशत ९१ः१ को अनुपात० हकप्रद निश्कासनको प्रस्ताव अगाडि बढाएको छ ।

साधारणसभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने २०७९/८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने प्रस्ताबित एजेण्डामा उल्लेख गरिएको छ यस्तै, लेखापरीक्षकको प्रतिवेदनसहितको सोही आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफानोक्सान हिसाब र नगद प्रवाह विवरणमाथि पनि छलफल गरिने भएको छ।

सञ्चालक समितिबाट भए गरेका निर्णय अनुमोदन गर्ने, संस्थागत सुशासनसम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने, सर्वसाधारण सेयरधनीबाट प्रतिनिधित्व गर्ने २ सञ्चालक चुन्ने, कम्पनीको प्रबन्धपत्र र नियमावली संसोधन गर्ने, अन्य जलविद्युत कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्तिको विषयमा छलफल गरी सोसम्बन्धी सबै अधिकार सञ्चालक समितिमा प्रत्यायोजन गर्ने, अन्य कम्पनीमा लगानी गर्ने लगायतका अजेण्डा समेत एजीएममा पेश गरिने छ।

Royal Enfield
nic asia capital

एजीएमका लागि कम्पनीले पुस १२ गते एक दिन बुक क्लोज गर्नेछ । यसको अर्थ कम्पनीको साधारणसभा सहभागी बन्न इच्छुकले पुस ११ गतेसम्म सेयरधनी कायम भइसक्नुपर्नेछ।

यो समाचार शेयर गर्नुहोस्
673SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?