काठमाडौं । नेपाल इन्जिनियर एशोसिएसनको आयोजनामा ‘‘नेपालको राम्रो इन्टरनेट लागि सँधै’’भन्ने नाराका साथ इन्टरनेट सेवा प्रदायक संघ लगायत विभिन्न संस्थाहरुले ‘‘सुरक्षित इन्टरनेट दिवस २०२४’’ अवसर पारी पुल्चोकस्थित इन्जिनियरिङ्ग एशोसिएसनको सभाहलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
अन्तरक्रिया कायक्रममा इन्टरनेट उपभोक्तालाई साइवर सुरक्षाबाट जोगाउन बेला बेलामा सचेतना कार्यक्रम गर्नु पर्ने इन्टरनेट सेवा प्रदायक संघका कार्यकारी अधिकृत सुभाष खड्काले जानकारी दिए । मुना टेकका संस्थापक ईन्जिनियर मुना न्याछ्योले इन्टरनेटका माध्यमबाट विभिन्न प्रकारको प्रलोभन देखाएर आर्थिक, मानिसक, सामाजिक रुपमा ठगी बढेको बताएका छन् । त्यसलाई रोक्न स्क्यामहरुमा जथाभावी लिंकहरुमा शेयर नगर्न सुझाव दिए ।
नेपाल प्रहरी साइवर व्यूरोको प्रमुख प्रहरी उपरिक्षक प्रविण ताम्राकारले साइवर अपराधको घटनाहरु अत्यधिक वृद्धि भईरहेको बताउँदै र साइवर अपराध रोक्न कम जनशक्तिको भरमा नेपाल प्रहरीले देशैभर काम गरिरहेको उल्लेख गरेका छन्। नेपालमा फेसबुक, यूट्यूवमा मात्र नभई अन्य सामाजिक सञ्जालहरुको प्रयोग गरि ह्याकरहरु छिरेर मानिसहरुलाई दुखः दिइरहेको बताए । उनले भने ‘‘हाम्रा दिदी बढीहरु’’ गिफ्ट पठाएको छु भनेको भरमा बढी फस्ने गरेको छ। त्यसको माध्यमबाट आर्थिक, सामाजिक कारोवार गर्ने गरेको र आफ्नो पैसा समेत पठाएर आफै ठगीमा परेको बताए । न चिनेका छन् न कुनै भरपर्दो आधार नै । यसरी पनि इन्टरनेटको प्रयोग गरेर ठगी हुने गरेको विश्वमा नै बढेको बताए ।
त्यस्तै सूचना तथा प्रविधि मन्त्रालयको साइवर सुरक्षा प्रमुख राजकुमार महर्जनले साइवर अपराधहरु रोक्न सरकार ऐन कानुनहरु बनाउन लागि रहेको बताए । कानूनहरु बनाउने पक्रियामा सरकार लागेको छ । साइवर अपराध जतिपनि भएको छ ति सबै विद्युतीय कारावार ऐन २०७६ बाट भएको बताए ।
प्रहरी प्रधान कार्यालयको साइवर सुरक्षा प्रमुख तथा प्रहरी उपरीक्षक जीतनाराण झाले इन्टरनेट सेवा प्रदान गरेपनि अनुगमन गर्ने संयन्त्रको कमी भएकाले साइवर सुरक्षामा चुनौंती आएको बताए । बन्द गर्ने र खोल्ने विषयमा सचेत हुनुपर्ने उनको भनाई छ। र जथाभावी शेयर गर्ने गर्दा कुन ह्याकर हो भनेर छुट्याउन नसक्दा उनीहरुको जञ्जालमा फस्ने गरेको बताउँदै आफ्नो व्यक्तिगत गोपनीयताको सुरक्षा आफैले गर्नु पर्ने बताए ।

































