काठमाडौं । गत आर्थिक वर्षको नाफाबाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ४.२१ प्रतिशत लाभांश घोषणा गरेको छ।
बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२१ प्रतिशत लाभांश दिने निर्णय गरेको हो। उक्त प्रस्ताव नेपाल राष्ट्र बैक र यस कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ।





































