National life

सिभिल मलमा चिया अड्डाको छैटौं आउटलेट स्थापना

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ वैशाख २०८१, मङ्गलबार
463Shares
सिभिल मलमा चिया अड्डाको छैटौं आउटलेट स्थापना
ncell

काठमाण्डौ । व्यवसायिक भेटघाट र युवापुस्ता गफिने लोकप्रिय चिया–चेन ‘चिया अड्डा’को नयाँ शाखा काठमाण्डौको सुन्धारास्थित सिभिल मलको ७ औं तलामा सञ्चालनमा आएको छ।

उद्यमी संजोग कोइरालाले सन २०१८ मा नयाँ बानेश्वरबाट सुरु गरेको चिया अड्डा हालसम्म उपत्यकामा सुन्धारा, नयाँ बानेश्वर, पुतलीसडक, बसन्तपुर, त्रिपुरेश्वर र उपत्यका बाहिर भरतपुरमा गरी ६ ठाउँमा विस्तारमा भएको छ।

सिभिल मलमा मनोरम वातावरण एमबिएन्स सहित सञ्चालनमा आएको चिया अड्डाको नयाँ आउटलेटमा चिया अड्डाको स्पेसल चिया र रोजेको खाजा बजेटमा पाइने सञ्चालक कोइराला बताउँछन्।

विदेशी राष्ट्रहरूमा युवापुस्तामा देखिने कफी कलचरलाई नेपालमा युवापुस्ता आकर्षित गरी चिया संस्कृतिको रूपमा विकास गर्न चिया अड्डा सुरुवात देखिनै लागिरहेको कम्पनीले जनाएको छ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
463SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?