National life

सुनको मूल्य आजसम्मकै उच्च बिन्दुमा, कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ जेठ २०८१, बिहिबार
1.1kShares
सुनको मूल्य आजसम्मकै उच्च बिन्दुमा, कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ । बिहीबारका दिन नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिन प्रतितोला ६ सय रुपैयाँले बढेको सुनको मूल्य आज ठुलो मात्रामा बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य २३ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँ कायम भएको छ । यो मूल्य आजसम्मकै उच्च मूल्य हो ।

Royal Enfield
nic asia capital

त्यस्तै आज तेजावी सुनको मूल्य पनि २३ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ३८ हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य ३० रुपैयाँले घट्दै प्रतितोला १ हजार ९०० रुपैयाँ कायम भएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?