National life

२१ करोडको लगानीमा अत्याधुनिक शीतभण्डार निर्माण, ३ हजार मेट्रिक टन क्षमता

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ फागुन २०८०, आइतबार
569Shares
२१ करोडको लगानीमा अत्याधुनिक शीतभण्डार निर्माण, ३ हजार मेट्रिक टन क्षमता
ncell

काठमाडौं । पश्चिम नवलपरासीमै पहिलोपटक आधुनिक प्रविधिसहितको शीतभण्डार निर्माण भएपछि किसान उत्साहित भएका छन् ।

जिल्ला सहकारी संघको अगुवाइमा संघीय सरकार, स्थानीय तह र जिल्लाका विभिन्न सहकारीको २१ करोडको लागतमा आधुनिक प्रविधिसहितको ३ हजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण भएको हो ।शीतभण्डार सञ्चालनका लागि छुट्टै कार्यविधि र समिति बनाएर काम गर्ने सहकारी संघको योजना छ । सञ्चालनको अन्तिम तयारीमा रहेको छुट्टाछुट्टै चेम्बरसहितको तीनतले शीतभण्डारमा किसानको आकर्षण बढेको देखिन्छ ।अब सुनवलमै शीतभण्डार निर्माण भएपछि व्यावसायिक खेती गर्ने किसान उत्साहित भएको सुनवल–२ का लोकनाथ भण्डारीले बताए।

Royal Enfield
nic asia capital

उनले भने, ‘अब कमसेकम केही उपज बढी भए राखौँ भन्नका लागि शीतभण्डार छ, म खुसी छु ।’ यस वर्षदेखि शीतभण्डार सञ्चालन आउने भएपछि धेरै किसान खुसी भएका छन् । कृषि सहकारीले समेत ठूलो क्षेत्रफलमा खेती गर्न थालेका छन् ।‘शीतभण्डार सबै एक ठाउँमा बनाउन पनि सकिँदैन, कुनै ठाउँ विशेषमा बनाएर सबैको साझा प्रयोग गर्ने केन्द्रका रुपमा विकास गर्नुपर्छ,’ जिल्ला सहकारी संघका अध्यक्ष विष्णु पौडेलले भने, ‘ठूलो क्षमताको शीतभण्डार भएकाले उत्पादनमा वृद्धि गर्न अभियानका रुपमा कार्यक्रम सञ्चालन गर्ने योजना सहकारी संघको छ ।

’जिल्ला सहकारी संघका कोषाध्यक्ष हैदर अली मोमिनले स्थानीय तहदेखि तीनै तहका सरकार कृषिमैत्री नबन्दा शीतभण्डार सञ्चालनमा चुनौती थपिएको तर्क गरे। ‘जिल्लाका सात स्थानीय तह कोही पनि कृषि र किसानप्रति जिम्मेवार छैनन्, व्यावसायिक कृषिमा जोड दिएर उत्पादन बढाउनेतर्फ उनीहरूको ध्यान नै छैन,’ उनले भने ।शीतभण्डार निर्माण भए पनि अझै २ करोड भुक्तानी गर्न बाँकी छ ।

एकातर्फ सञ्चालन खर्च र अर्कातर्फ कृषि उपजको अभावले शीतभण्डार सञ्चालन चुनौतीपूर्ण बनेको हो । पाल्पा, रुपन्देहीलगायत जिल्लाका उत्पादनलाई पनि समेट्नेगरी अभियान सञ्चालन गर्ने पौडेलले बताए । ‘पहाडी जिल्लाका उत्पादन पनि सुनवलसम्म झार्ने र जिल्लाका उद्योग कलकाराखानासँग पनि सम्पर्क गरी उनीहरुका सामान शीतभण्डारमा राख्नेगरी योजना बनाउँदैछौं,’ उनले भने ।

नवलपरासीका सात स्थानीय तहले चालु आर्थिक वर्षमा संघीय र प्रदेश सरकारको सर्शत अनुदानसहित १६ करोड बढी रकम कृषिमा छुट्याएका छन् । तर योजनाबद्ध कार्यक्रम नआउँदा बजेट बालुवामा पानीसरह भएको सरोकारवालाको गुनासो छ । छिमेकी जिल्लाका उत्पादनसमेत भण्डारण गर्ने क्षमताका शीतभण्डारलाई लक्षित गरेर उत्पादन वृद्धि गर्नसके किसानले मनग्य लाभ लिन सक्ने जनाइएको छ ।

यो समाचार शेयर गर्नुहोस्
569SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?