National life

५० वर्षदेखि ६० वर्षका एकल पुरुषलाई भत्ता दिने तातोपानी गाउँपालिकाको निर्णय

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ असार २०८१, बुधबार
409Shares
५० वर्षदेखि ६० वर्षका एकल पुरुषलाई भत्ता दिने तातोपानी गाउँपालिकाको निर्णय
ncell

काठमाडौँ । जुम्ला जिल्लाको तातोपानी गाउँपालिकाले  ५० वर्षदेखि ६० वर्षसम्मका एकल पुरुषलाई एकल पुरुष भत्ता कार्यक्रम लागू गर्ने भएको छ।

पालीकाले आगामी आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रम र बजेटमा गाउँपालिकाभित्रका आर्थिक अवस्था कमजोर भएका, कुनै व्यवसायमा नगरेका एकल पुरुषको जीविकोपार्जनका निमिक्त सहज बनाउन भत्ता कार्यक्रम लागू गरिएको  जानकारी दिएको छ ।

पालिकाले उक्त उमेर समुहका एकल पुरुषलाई वार्षिक रु चार हजारका दरले भत्ता दिने कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरेको सोही पालीका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिएका छन् ।

सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताबाट लाभान्वित पुरुष बाहेक अन्य एकल पुरुषका लागि गरिएको उक्त कार्यक्रममा रु चार लाख बजेट विनियोजन गरिएको चौलागाईंको भनाई छ ।

Royal Enfield
nic asia capital

किसानलाई व्यावसायिक पशु पालनतर्फ आकर्षित गर्न कम्तीमा एक सय भन्दा बढी भेडा बाख्रा पाल्नेलाई प्रोत्साहन भत्ता वितरण गर्नका लागि दुई लाख बजेट विनियोजन गरिएको अध्यक्ष चौलागाईंको भनाई छ ।

साथै गाउँपालिकाका पालिकाभित्रबाट एमबिबिएस अध्ययनका लागि प्रवेश परीक्षा उत्तीर्ण गर्नेमध्ये एकजनालाई पहिलो वर्षको पढाइ खर्चबापत १५ लाख दिने गरी रकम विनियोजन गरेको र जेहेनदार तथा विपन्न विद्यार्थीलाई निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्न १५ लाख बजेट विनियोजन गरिएको चौलागाईंले जानकारी दिएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
409SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?