काठमाडौँ । ६० किलो सुन तस्करीबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले दोस्रो चरणको अनुसन्धान थालिरहेको छ ।
६० किलो सुन तस्करीमा संलग्न देखिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको तेमाल गाउँपालिका घर भएका ४५ वर्षीय थर्कमान नामले परिचित कान्छामान लामा रहेका छन् ।
तेमाल गाउँपालिका वडा नम्बर–४ घर भएका कान्छामान लाजिम्पाटबाट पक्राउ परेका हुन् ।
उनी सामाखुसीमा बस्दै आएका थिए । ६० किलो सुनमा कान्छामानको संलग्नताबारे अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।
सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको सिफारिस अनुसार पूर्व सभामुख कृष्ण बहादुर महरा सहित ७ जनामाथि अनुसन्धान भइरहेको अनुसन्धान ब्युरोले जानकारी दिएको छ । तस्करीमा संलग्न मध्येका जीवन कुमार गुरुङ फरार छन् ।
































