National life

६० लाख नक्कली सुन बिक्री गर्ने गिरी बिर्तामोडबाट पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ वैशाख २०८१, मङ्गलबार
535Shares
६० लाख नक्कली सुन बिक्री गर्ने गिरी बिर्तामोडबाट पक्राउ
ncell

काठमाडौँ । नगद ६० लाख रुपैयाँमा नक्कली सुनलाई सक्कली भन्दै बेचेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भारतको सिलुगुढीमा बस्दै आएका ५४ वर्षीय शेरबहादुर गिरी रहेको प्रहरीले जनाएको छ ।

गिरीलाई जिल्ला प्रहरी कार्यालय झापाको टोलीले सोमबार पक्राउ गरेको हो ।  गिरीले आफूसँग १ किलो काँचो सुन रहेको भन्दै झापाको बुद्धशान्ति गाउँपालिका–२ कि ४५ वर्षीया सविता सिटौलालाई ६० लाखमा बिक्री गरेको झापाका डीएसपी कृष्ण चन्दले बताएका छन् ।

Royal Enfield
nic asia capital

गोप्य रूपमा ६० लाख खर्चेर किनेको सुन नक्कली परेपछि प्रहरीमा जाहेरी दिएपछि प्रहरीले गिरीलाई बिर्तामोड–५ स्थित शनिश्चरे रोडबाट पक्राउ गरिएको थियो । हाल गिरीलाई पक्राउ गरेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

यो समाचार शेयर गर्नुहोस्
535SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?