National life
cg eloctronics

९ महिनाको अवधिमा २८६ उद्योग दर्ता, चैत महिनामा मात्रै २८

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ वैशाख २०८१, शुक्रबार
848Shares
९ महिनाको अवधिमा २८६ उद्योग दर्ता, चैत महिनामा मात्रै २८
ncell

काठमाडौँ । चालु आर्थिक वर्षको ८०- ८१ को ९ महिनाको अवधिमा २८६ वटा नयाँ उद्योग दर्ता भएका छन् ।

गत चैत महिनामा मात्रै २८ वटा उद्योग दर्ता भएका छन्। यस अवधिमा ३६ वटा ठुला उद्योग दर्ता भएको उद्योग विभागले जानकारी दिएको छ । जस अनुसार २७ वटा मझौला उद्योग र २२३ वटा साना उद्योग दर्ता भएको विभागको तथ्याकंमा उल्लेख गरिएको छ । यस वर्ष विभागले ८० ठुला, ८५ मझौला र २०० वटा साना उद्योग दर्ता हुने प्रक्षेपण गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस अवधिमा १ खर्ब ६५ अर्ब रुपैयाँ प्रस्तावित लगानी आएको छ । चैतमा मात्र १० अर्ब ५९ करोड रुपैयाँ लगानी प्रस्ताव आएको विभागले जनाएको छ । चैतसम्म विदेशी लगानीका २६९ उद्योग दर्ता भएका छन् ।

१६ वटा चैतमा दर्ता भएको विभागको तथ्याङ्क छ । यस अवधिमा ३० अर्ब १० करोड विदेशी लगानी प्रस्तावित भएको छ । चैत महिनामा मात्र आएका उद्योगले १ अर्ब रुपैयाँ लगानीको प्रस्ताव गरेको विभागले जनाएको छ । विभागका अनुसार यसरी आएका उद्योगले १३ हजार ८३४ जनालाई रोजगारी दिने विश्वास राखेको जनाएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
848SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?