National life

एनसेलको सेयर खरिद बिक्रीमा कानुनी प्रक्रिया पूरा भएको छैन: प्राधिकरण

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ पुस २०८०, बिहिबार
722Shares
एनसेलको सेयर खरिद बिक्रीमा कानुनी प्रक्रिया पूरा भएको छैन: प्राधिकरण
ncell

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको सेयर खरिद बिक्रीमा कानुनी प्रक्रिया पूरा नभएको स्पष्ट पारेको छ।

सार्वजनिक लेखा समितिलाई पत्र लेख्दै प्राधिकरणले एनसेलको सेयर खरिद बिक्रीबारे जानकारी दिएको हो। जसमा दूरसञ्चार नियमावली २०५४ को नियम १५ (ट) अनुसार चुक्ता पुँजीको ५ प्रतिशत सेयर खरिद बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति वा अनुमति लिनु पर्ने कानुनी प्रावधान पूरा नभएको जनाएको छ।

नेपाल दूरसञ्चार प्राधिकरण विनियमावली २०७६ को विनियम ४ (क) बमोजिम समेत आफ्ना सेयर धनीको सेयर खरिद बिक्री वा नामसारी गर्नु पूर्व प्राधिकरणको अनुमति वा स्वीकृति लिनुपर्ने उल्लेख छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो कानुनको परिपालना नभएको अवस्थामा प्राधिकरणले दूरसञ्चार ऐन २०५३ को दफा ४७ अनुसार कारबाही प्रक्रिया अगाडि बढाउन सक्ने समेत प्राधिकरणले स्पष्ट पारेको छ ।

प्राधिकरणले लेखा समितिमा बताए अनुसार मलेसियन टेलिकम कम्पनी आजियाटा ग्रुपले आफ्नो स्वामित्वको ८०प्रतिशत सेयर बेलायतमा दर्ता भएको स्पेक्ट्रलाइट कम्पनीलाई बिक्री गरेको भनी खरिद बिक्री सम्झौता र प्रेस विज्ञप्तिमार्फत गराएको जानकारीबारे आधिकारिक विवरण उपलब्ध गराउन १५ र २५ मङ्सिरमा पत्र लेखिएको छ । त्यसको आधिकारिक कागजात प्राप्त नभएको समेत प्राधिकरणले जनाएको छ ।

यस कारोबारको वास्तविक सेयर खरिद मूल्यको जानकारी सेयर खरिद सम्झौताबाट स्पष्ट हुन सक्ने भएकाले सो को प्राप्ति पश्चात् यकिन हुन सक्ने जानकारी समेत प्राधिकरणले लेखा समितिलाई गराएको छ । सेयर खरिद सम्झौतामा उल्लेखित रकम सन्देहात्मक देखिएमा कम्पनीको डीडीए गरी यथार्थ जानकारी लिइने समेत प्राधिकरणले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
722SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?