काठमाडौँ । गत वैशाखदेखि यही चैतको तेस्रो साता अर्थात १२ महिनाको अवधिमा आगलागीबाट नेपालमा एक सय दुई जनाको मृत्यु भएको छ तथ्याकंमा उल्लेख भएको छ।
त्यस्तै यस अवधिमा देशका विभिन्न क्षेत्रमा गरेर तीन हजार सात सय ९५ भन्दा बढी आगलागीका घटना भएका छन् । सोही घटनामा एक सय दुई जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
यस वर्ष जाजरकोट भूकम्पबाहेक विपद्मा परेर मृत्यु हुने सबैभन्दा बढी आगलागीबाट रहेका छन् । आगलागीबाट सो अवधिमा चार हजार सात सय २५ परिवार प्रभावित भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरणका अनुसार आगलागीबाट रु दुई अर्ब ३३ करोड बढीको क्षति भएको प्राधिकरणको जानकारी छ । सोही अवधिमा चट्याङबाट ४३ जनाको मृत्यु भएको छ ।
त्यस्तै सर्प दंशबाट २०, हिम पहिरामा परेर १२, जनावरको आक्रमणबाट ४३ र वन डढेलोबाट ५ जनाको मृत्यु भएको प्राधिकरणको अभिलेखमा उल्लेख छ ।






































