National life

शौर्य सिमेन्ट उद्योगमा अवैध विदेशी चुरोट भेटिएको भन्दै राजस्व कार्यालयले माग्यो जवाफ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ भदौ २०८१, मङ्गलबार
641Shares
शौर्य सिमेन्ट उद्योगमा अवैध विदेशी चुरोट भेटिएको भन्दै राजस्व कार्यालयले माग्यो जवाफ
ncell

काठमाडौँ । राजस्व अनुसन्धान कार्यालय, इटहरीले शौर्य सिमेन्ट उद्योगसँग अवैध विदेशी चुरोट भेटिएको विषयमा लिखित जवाफ माग गरेको छ ।

सिमेन्ट उद्योगभित्र विदेशी ब्रान्डका राजस्व छलीका मार्लबोरो चुरोट भण्डारण गर्ने गरेको सूचना बाहिरिएपछि पोल खुल्ने डरले अढाई ट्रक आसपासमा चुरोट जलाइएको घटना सार्वजनिक भएपछि उद्योगसँग  राजस्व अनुसन्धान कार्यालयले जवाफ माग गरेको हो ।

उद्योगभित्र चुरोट जलाइएको अवस्थामा मात्र भेटिएको र थप चुरोट नभेटिएको राजस्व कार्यालयले जानकारी दिएको छ । बाँकी रहेका चुरोट उद्योगले कतै लुकाएको हुन सक्ने आशंका गरिएको छ । 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कार्यालयका अनुसार, सिमेन्ट उद्योगमा चुरोट कसरी आयो, कहिले आयो लगायतका विषयमा जवाफ माग गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
641SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?