National life

सर्बोत्तम सिमेन्टको न्यूनतम ५० कित्ता शेयर बाँडफाँट

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ फागुन २०८०, बुधबार
580Shares
सर्बोत्तम सिमेन्टको न्यूनतम ५० कित्ता शेयर बाँडफाँट
ncell

काठमाडौं । सर्बोत्तम सिमेन्टले आयोजना प्रभावित स्थानीयको लागि जारी गरेको आईपीओ बुधबार (आज) बाँडफाँट भएको छ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज शेयर बाँडफाँट गरिएको हो। कम्पनीले जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबर प्रति शेयर अंकितमूल्य १०० दरको ६० लाख कित्ता शेयरको ६० प्रतिशत अर्थात ३६ लाख कित्ता शेयरमध्ये उद्योग प्रभावित क्षेत्र तथा खानी उत्खनन् क्षेत्रका बासिन्दाहरुका लागि छुट्याइएको जारी पूँजीको २ प्रतिशतले हुन आउने ९ लाख ३० हजार कित्ता शेयर प्रति शेयर मूल्य ३६० रुपैयाँ ९० पैसाको दरमा बिक्रमा ल्याएको थियो।

Royal Enfield
nic asia capital

स्थानीयको लागि जारी गरेको आईपीओ जम्मा १,२२४ जना आवेदकहरुबाट २ लाख ४८ हजार ५०३ कित्ता शेयरको लागि जम्मा ८ करोड ९६ लाख ८४ हजार ७३२ रुपैयाँ ७० पैसाको लागि आवेदन परेको थियो। धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ बमोजिम माग भन्दा कम शेयरका लागि मात्र आवेदन प्राप्त भएको हुनाले रीतपूर्वक प्राप्त भएका २ लाख ४८ हजार ४७० कित्ता शेयर १,२२४ जना आवेदकलाई न्यूनतम ५० कित्तामा नघट्ने बाँडफाँट गरिएको छ ।

साथै, उद्योग प्रभावित क्षेत्र तथा खानी उत्खनन् क्षेत्रका बासिन्दाहरुका लागि छुट्याइएको ९ लाख ३० हजार कित्ता शेयरमध्ये बिक्री नभएको ६ लाख ८१ हजार ५३० कित्ता शेयर सर्वसाधारण (सामुहिक लगानी कोष र कम्पनीका कर्मचारी समेत) को लागि छुट्याइएको शेयरमा थप गरी सार्वजनिक निष्कासन गरिने छ।

यो समाचार शेयर गर्नुहोस्
580SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?