National life

सर्वसाधारणका लागि ४५ करोडको आइपिओ निष्काशन गर्दै बिजनेस ईन्टरेष्ट ग्रुप

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३१ जेठ २०८१, बिहिबार
613Shares
सर्वसाधारणका लागि ४५ करोडको आइपिओ निष्काशन गर्दै बिजनेस ईन्टरेष्ट ग्रुप
ncell

काठमाडौँ। सर्वसाधारणका लागि बिजनेस ईन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिज लिमिटेडले आइपिओ निष्काशन गर्ने भएको छ।

कम्पनीले जारी गर्न लागेको ४५ लाख कित्ता साधारण शेयरको प्रति शेयर अङ्कित मूल्य १०० रुपैयाँका दरले कुल ४५ करोड रुपैयाँ मात्रको प्रत्याभूति भने नेपाल एसबिआई मर्चेण्ट बैंकिङ र सन लाइफ क्यापिटल लिमिटेडले गर्ने भएको हो ।

बुधवार एक कार्यक्रमकाबीच नेपाल एसबिआई मर्चेण्ट, सन लाइफ क्यापिटल र बिजनेस ईन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिज लिमिटेडबिच शेयर प्रत्याभूति गर्ने सम्झौतामा त्रिपक्षीय हस्ताक्षर भएको छ ।

नेपाल एसबिआई मर्चेण्टका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल, सन लाइफ क्यापिटलका सञ्चालक राजकुमार अर्याल तथा बिजनेस ईन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिजका अध्यक्ष नवराज बुर्लाकोटीले शेयर प्रत्याभूति गर्ने सम्झौता पत्रमा त्रिपक्षीय हस्ताक्षर गरेका हुन् ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
613SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?