National life

३ सय ८० किलो गाँजासहित दुई जना पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ पुस २०८०, मङ्गलबार
502Shares
३ सय ८० किलो गाँजासहित दुई जना पक्राउ
ncell

काठमाडौँ । भरतपुर महानगरपालिका-१ आँपटारीबाट करिब ३ सय ८० किलो गाँजासहित २ जनालाई मङ्गलवार बिहान प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा भारत सम्बल बस्दै आएका ४५ वर्षीय अनिल गिरी र सोही ठाउँ बस्ने ३० वर्षीय राजपाल रहेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीको टोलीले जेएच-०२ डब्लु ९६३१ नम्बरको भारतीय ट्रकलाई जाँच गर्ने क्रममा ट्रकको अगाडि क्याबिनमा फल्स बटम भित्र बनाई लुकाई छिपाई २८ वटा पोकामा राखेको उक्त परिमाणको गाँजा फेला पारेको थियो ।

उक्त बरामद गरिएको गाँजा सहित चालक अनिल र सहचालक राजपाललाई पक्राउ गरी उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
502SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?