National life

ब्रिटिस कलेज र ई–वर्कस्बीच साझेदारीको घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ भदौ २०८१, बुधबार
598Shares
ब्रिटिस कलेज र ई–वर्कस्बीच साझेदारीको घोषणा
ncell

काठमाडौँ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेज (टीबीसी)ले ग्लोबल आईटी कम्पनी ई–वर्कस्सँग साझेदारीको घोषणा गरेको छ । अध्ययनरत र पूर्वविद्यार्थीहरुको ज्ञानको दायरलाई अभिवृद्धि उदेश्यको साथ ब्रिटिस कलेजले महत्वपूर्ण साझेदारी गरेको हो ।

ई–वर्कस्ले सफ्टवेयर डिभलपमेन्ट, डेटा–ड्रिभन डिजिटल मार्केटिङ र क्रिएटिभ डिजाइनका सेवाहरू प्रदान गर्दै आइरहेको छ । नवीन र उत्कृष्टता सेवा प्रदान गर्दै आइरहेको ई–वर्कस् विश्वभरका सेवाग्राहीहरुलाई उच्चस्तरिय सेवा प्रदान गर्ने संस्था हो ।

Royal Enfield
nic asia capital
बेलायतको लण्डनमा स्थापना भएको ई–वक्र्सले नेपालमा पनि शाखा बिस्तार गरेसँगै ब्रिटिस कलेजले विद्यार्थीहरुलाई ग्लोबल एक्सपोजर दिनको लागि साझेदारीको घोषणा गरेको हो ।

ई–वर्कस्को कूल कर्मचारीमध्ये २० प्रतिशत ब्रिटिस कलेजका ग्राजुयटहरु हुन् । क्षमतावान् भएकै कारण विद्यार्थीहरुले यो अवसर प्राप्त गरेका हुन् । ई–वर्कस्जस्तो कम्पनीमा काम गर्ने अवसर प्राप्त गरेको कारण पनि टीबीसीका ग्राजुयटहरु कस्तो छन् भन्ने प्रमाणित भएको छ । साझेदारीसँगै कलेजका विद्यार्थीहरुले ई–वर्कस्मा इन्टर्नशिप गर्ने मौका समेत पाउनेछन् । यस अवसरले शैक्षिक क्षेत्रको उत्पादन र उद्योगको आवश्यकताबीचको ग्यापलाई पुरा गर्न मदत पुर्याउने कलेजको विश्वास छ ।

‘यो साझेदारी हामीले गरेका प्रतिबद्धताहरु पूरा गर्न मात्र नभई विद्यार्थीहरुको भविष्य उज्वल बनाउनको लागि पनि उत्तिकै महत्वपूर्ण छ,’ कलेजका डेप्युटी प्रिन्सिपल डा. प्याट्रिक म्याकक्रुडेनले भन्नुभयो, ‘हाम्रो शैक्षिक उत्कृष्टतालाई अझै बढावा दिन ई–वर्कस्जस्ता कम्पनीहरुसँग सहकार्य गरेर सूचना प्रविधिको क्षेत्र र अर्थतन्त्रका लागि फाइदा पुग्ने गतिविधिहरु हामीले सञ्चालन गरिरहेका छौं ।’

त्यस्तै, अमेरिकामा पनि शाखा कार्यालय रहेको ई–वर्कस्का सीईओ जोन पार्कले भन्नुभयो, ‘ब्रिटिस कलेजका ग्राजुयटहरुसँग काम गरिहँदाको अनुभव राम्रो भइरहेको छ । यस औपचारिक साझेदारीले कलेजसँगको सम्बन्धलाई अझै गहिरो बनाउन र भविष्यका आइटी क्षेत्रका प्रतिभाहरूलाई अवसर प्रदान गर्ने बाटो खुलेको छ । हामी विश्वमा प्रचलित नवप्रवर्तन र नयाँ दृष्टिकोणबारे विद्यार्थीहरुले राख्ने धारणा बुझ्न उत्साहित छौं ।’

ब्रिटिस कलेजले ७० भन्दा बढी अग्रणी फिनटेक कम्पनीहरुसँग पार्टनरशिप गरेको छ । जसबाट विद्यार्थीहरुले नेपाल तथा विदेशमा प्लेसमेन्टको अवसरहरु प्राप्त गरेका छन् । ई–वर्कस्मा पनि विद्यार्थीहरुले इन्टर्नशिप सुरु गरिसकेका छन् ।

पछिल्लो तथ्यांक अनुसार नेपालमा सूचना–प्रविधि क्षेत्रले बार्षिक २ खर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्दा १ खर्ब रुपैयाँ बराबरको निर्यात गरेको छ । नेपाल सरकारले पनि सूचना प्रविधिको क्षेत्रलाई बढावा दिइरहेको बेला यस्ता सहकार्यले विशेष योगदान पुर्याउने ब्रिटिस कलेजको विश्वास छ ।

यो समाचार शेयर गर्नुहोस्
598SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?