National life

नेपाल वेयरहाउजिङको आइपीओमा आवेदनको ओइरो कति पुग्यो ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ मंसिर २०८०, मङ्गलबार
692Shares
नेपाल वेयरहाउजिङको आइपीओमा आवेदनको ओइरो कति पुग्यो ?
ncell

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आइपीओमा निष्कासनको तेस्रो दिनसम्म १० गुणा बढी आवेदन परेको छ ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरेपश्चात आजदेखि सर्वसाधारणका लागि गत मंसिर १० गतेबाट आइपीओ निष्कासन गरेको हो। कम्पनीले आफ्नो जारी पुँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतका दरले हुन आउने १३ करोड ७५ लाख रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १३ लाख ७५ हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो।

सोमध्ये कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ करोड ३७ लाख ५० हजार रुपैयाँबराबरको १ लाख ३७ हजार ५०० कित्ता शेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ।

Royal Enfield
nic asia capital
त्यसैगरी, कम्पनीले २७ लाख ५० हजार रुपैयाँबराबरको २७ हजार ५०० कित्ता शेयर आफ्ना कर्मचारीका लागि र ६८ लाख ७५ हजार ५०० बराबरको ६८ हजार ७५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ। बाँकी रहेको ११ करोड ४१ लाख २५ हजार रुपैयाँ बराबरको ११ लाख ४१ हजार २५० कित्ता शेयर कम्पनीले मंसिर १० गतेदेखि सर्वसाधारणका लागि निष्कासन गरेको छ।

सीडीएससीका अनुसार आज साँझ ५ बजेसम्म यो आईपीओमा १० लाख ५५ हजार ६३८ आवेदकबाट कुल १ करोड १४ लाख ५३ हजार ९४० कित्ता शेयर माग भएको छ। जुन मागभन्दा १०.०४ गुणाले बढी हो। मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसमा भाग्यमानी १ लाख ४१ हजार १२५ आवेदकले १० कित्ताका दरले शेयर पाउनेछन्।

यो समाचार शेयर गर्नुहोस्
692SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?