National life
cg eloctronics

आइएमई लाइफको व्यवसाय विस्तार तीव्र, नाफादेखि आम्दानीसम्मका सूचक कस्ता ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१९ दिन अगाडि|२२ कात्तिक २०८३, आइतबार
3.3kShares
आइएमई लाइफको व्यवसाय विस्तार तीव्र, नाफादेखि आम्दानीसम्मका सूचक कस्ता ?
muktinatha bikash bank

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा बीमा व्यवसाय विस्तारमा उल्लेख्य प्रगति गरेको छ। कम्पनीको खुद बीमाशुल्क आर्जन ४२.४५ प्रतिशतले बढेको छ भने जीवन बीमा कोषको आकार पनि ४० प्रतिशतभन्दा बढीले विस्तार भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार असोज मसान्तसम्म २ अर्ब १८ करोड ८५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको यस्तो आर्जन १ अर्ब ५३ करोड ६३ लाख रुपैयाँ थियो।

त्यस्तै, कम्पनीको कुल बीमाशुल्क आर्जन ४०.४४ प्रतिशतले वृद्धि भएर २ अर्ब २३ करोड ३७ लाख रुपैयाँ पुगेको छ। गत वर्षको पहिलो त्रैमासमा कम्पनीले १ अर्ब ५९ करोड ५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो।

everest bank

बीमा व्यवसाय विस्तारसँगै कम्पनीको जीवन बीमा कोष पनि उल्लेख्य बढेको छ। गत वर्ष असोज मसान्तमा १४ अर्ब १८ करोड ६२ लाख रुपैयाँ रहेको जीवन बीमा कोष यस वर्षको सोही अवधिमा ४०.८३ प्रतिशतले बढेर १९ अर्ब ९७ करोड ७९ लाख रुपैयाँ पुगेको छ। यससँगै कम्पनीको जीवन बीमा कोष २० अर्ब रुपैयाँको नजिक पुगेको छ।

कम्पनीको कुल आम्दानीमा पनि सुधार देखिएको छ। समीक्षा अवधिमा कुल आम्दानी २९.३४ प्रतिशतले बढेर २ अर्ब ५६ करोड १५ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको कुल आम्दानी १ अर्ब ९८ करोड ३ लाख रुपैयाँ रहेको थियो।

यसैगरी, कम्पनीले दाबी भुक्तानीमा पनि वृद्धि गरेको छ। समीक्षा अवधिमा कुल दाबी भुक्तानी ४०.८४ प्रतिशतले बढेर ३७ करोड १२ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा कम्पनीले २६ करोड ३५ लाख ७२ हजार रुपैयाँ दाबी भुक्तानी गरेको थियो।

५ अर्ब रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको सेयर प्रिमियममा ५२ करोड ३८ लाख रुपैयाँ, महाविपत्ति कोषमा ३२ करोड ८८ लाख रुपैयाँ र अन्य इक्विटीमा २८ करोड ९६ लाख रुपैयाँ रहेको छ। त्यस्तै, रिटेन्ड अर्निङमा ८१ करोड ६४ लाख रुपैयाँ सञ्चित छ।

कम्पनीको प्रतिसेयर आम्दानी ११.३० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३९.१८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३८.८८ गुणा रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
3.3kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?