National life

शिक्षा र स्वास्थ्य समता शुल्क खारेज, मन्त्रिपरिषद्को निर्णय

शुल्क विवाद अन्त्य: सरकारले पूर्ण छुट दिने निर्णय गर्‍यो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|०६ साउन २०८३, बुधबार
1KShares
शिक्षा र स्वास्थ्य समता शुल्क खारेज, मन्त्रिपरिषद्को निर्णय
ncell

काठमाडौं । सरकारले हालै लागू गरेको शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा हटाउने निर्णय गरेको छ। व्यापक आलोचना र जनदबाबपछि मन्त्रिपरिषद्ले उक्त शुल्क खारेज गर्ने निष्कर्षमा पुगेको हो।

अर्थ मन्त्रालयको प्रस्तावमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन २०८३ को व्यवस्था अनुसार लगाइएको दुवै शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्।

आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत साउन १ गतेदेखि लागू गरिएको उक्त शुल्क सुरुदेखि नै विवादमा परेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
विभिन्न क्षेत्रबाट आलोचना बढेपछि सरकार पुनर्विचार गर्न बाध्य भएको हो।

प्रधानमन्त्री बालेन शाह र अर्थमन्त्रीबीच लामो छलफलपछि शुल्क हटाउने सहमति बनेको अर्थ मन्त्रालयले जनाएको छ। यसअघि नै प्रधानमन्त्रीले सार्वजनिक रूपमा शुल्क हटाउने प्रक्रिया अघि बढाउने संकेत दिएका थिए।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?