National life

तटबन्ध निर्माणसँगै जोखिममुक्त बन्यो मादीनदी क्षेत्र

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ मंसिर २०८०, शुक्रबार
598Shares
तटबन्ध निर्माणसँगै जोखिममुक्त बन्यो मादीनदी क्षेत्र
ncell

काठमाडौं । विसं २०७८ भदौ ९ गते मादीनदीमा आएको बाढीले धेरै घर जोखिम बनायो । व्यास–५ पाटनमा एक सय दुई मिटर र व्यास–३ को भतेरीमा दुई सय ५८ मिटर लामो तटबन्ध निर्माण गरेपछि हाल उक्त क्षेत्र जोखिममुक्त बनेको छ।

तटबन्ध निर्माणपछि पाटन क्षेत्रका छ सयभन्दा बढी परिवारले सुरक्षाको अनुभूति गर्न थालेका छन् । व्यास–५ पाटन टोल विकास संस्थाका पूर्वअध्यक्ष कृष्णकुमार श्रेष्ठ नदी कटानका कारण व्यास–५ पाटनका छ सय ६३ र व्यास व्यास–३ भतेरीका चार सय परिवार बाढीको जोखिमबाट मुक्त भएका बताउनुहुन्छ ।

Royal Enfield
nic asia capital
व्यास नगरपालिकाको पहलमा गण्डकी प्रदेश सरकारको रु दुई करोड ५० लाखको लागतमा तटबन्ध निर्माण गरिएको हो ।

“स्थानीयबासी बर्षाको समयमा ढुक्क भएर सुत्न र बस्न सक्ने भएका छन्”, पूर्वअध्यक्ष श्रेष्ठले भने । तटबन्ध निर्माणपछि नदी प्रभावित क्षेत्रका बासिन्दा खुसी भएका छन् । नदी कटानले गर्दा पाटन र तल्लो पाटन क्षेत्रका करिब एक दर्जन सङ्घसंस्थाका भौतिक संरचनासमेत धरापमा परेको व्यास नगरपालिका सूचना अधिकारी कुमारकञ्चन जिसीले बताए ।

व्यास–३ को भतेरीमा तटबन्ध निर्माण गरेपछि तनहुँ सदरमुकाम दमौली बजार पनि सुरक्षित भएको छ । यसअघि नदीले करिब ३० मिटर क्षेत्र कटान गरी नदी किनारमा लगाइएका बाँसको गाँजसमेत ढालेर बस्तीतर्फ मोडिएको थियो । व्यास–६ शिशाघाटदेखि व्यास–५ पाटनसम्म करिब सोह्र किलोमिटर क्षेत्रमा तटबन्ध निर्माण कार्य भइरहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका इन्जिनियर पुष्पराज श्रेष्ठले जानकारी दिए ।

सिद्धान्त अमन निर्माण कम्पनीले प्याकेज–१ रु आठ करोड ६३ लाखमा र प्याकेज–२ रु नौ करोड ३५ लाखमा काम गरिरहेको छ । उक्त योजनाको हालसम्म ४८ प्रतिशत प्रगति भएको डिभिजन प्रमुख प्रकाश लम्सालले जानकारी दिए ।

विसं २०८१ भदौसम्म योजना सम्पन्न गर्ने लक्ष्य छ । मादी नदीले कटान गरी जोखिम बनाएको पाटन, दमौली, सिसाघाट बजार, कलेस्ती बजार तथा गौ संरक्षण क्षेत्रलाई संरक्षण गर्न काम भइरहेको व्यासका नगर प्रमुख वैकुण्ठ न्यौपानेले बताए ।रासस

यो समाचार शेयर गर्नुहोस्
598SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?