National life

काठमाडौँमा स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|२५ साउन २०८३, सोमबार
1.2kShares
काठमाडौँमा स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
ncell

काठमाडौँ । स्रोत नखुलेको ठूलो रकमसहित दुई जना पक्राउ परेका छन्। काठमाडौँ महानगरपालिका–२६ क्षेत्रबाट १९ लाख ९४ हजार रुपैयाँसहित स्याङ्जा वालिङ नगरपालिका–६ घर भई हाल बानेश्वर बस्दै आएका ४१ वर्षीय ईश्वर थापा आइतबार राति पक्राउ परेका हुन्। दरबारमार्ग प्रहरीको टोलीले केशरमहलतर्फ जाँदै गरेको स्कुटर जाँच गर्ने क्रममा उनलाई नगदसहित नियन्त्रणमा लिएको हो।

यसैगरी, कमलादीस्थित गणेश मन्दिर नजिकबाट ४ लाख ८ हजार रुपैयाँसहित कपन बस्ने ४२ वर्षीय सुदर्शन खड्का पनि पक्राउ परेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मालीगाउँ प्रहरीको टोलीले उनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको जनाएको छ।

दुवै घटनामा प्रहरीले थप अनुसन्धान जारी राखेको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?