काठमाडौं । गरिमा क्यापिटलको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी अशोक सुवेदीले पाउने भएका छन्।
क्यापिटलको साउन २७ गते बसेको सञ्चालक समितिको बैठकले हाल सहायक प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत सुवेदीलाई भदौ १ गतेदेखि लागू हुने गरी निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।
क्यापिटलका वर्तमान प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईको कार्यकाल साउन मसान्तमा समाप्त हुँदैछ। क्यापिटलका अनुसार भट्टराईको कार्यकाल थप नगर्ने निर्णय दुवै पक्षको आपसी सहमतिमा गरिएको हो।
भट्टराईको कार्यकाल सकिएपछि सुवेदीले क्यापिटलको निमित्त प्रमुख कार्यकारी अधिकृतका रूपमा नेतृत्व सम्हाल्नेछन्।






































