National life

विनोद चौधरीको नाम दुरुपयोग गर्दै भ्रामक सामग्री फैलाइँदै, कानुनी कारबाहीको चेतावनी

विनोद चौधरीको नाम दुरुपयोग गर्दै ठगी प्रयास, कडा चेतावनी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|२० साउन २०८३, बुधबार
1.1kShares
विनोद चौधरीको नाम दुरुपयोग गर्दै भ्रामक सामग्री फैलाइँदै, कानुनी कारबाहीको चेतावनी
ncell

काठमाडौं । उद्योगपति तथा पूर्व सांसद विनोद चौधरीले आफ्नो नाम, तस्वीर र सार्वजनिक पहिचान दुरुपयोग गरी सामाजिक सञ्जाल तथा डिजिटल माध्यममा भ्रामक सामग्री फैलाइएको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

उनले जारी गरेको सूचनामा आफ्नो नाम वा तस्वीर प्रयोग गरेर सार्वजनिक गरिएका सामग्रीहरू आफ्नो आधिकारिक धारणा, अभिव्यक्ति वा संलग्नतासँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका छन्। यस्ता सामग्री उत्पादन, प्रकाशन वा प्रसारणमा आफू वा आफू सम्बद्ध कुनै पनि आधिकारिक निकायको संलग्नता नभएको उनको भनाइ छ।

चौधरीले भ्रामक तथा अप्रमाणित सामग्री निर्माण तथा प्रसारण गर्ने व्यक्ति वा संस्थाविरुद्ध प्रचलित कानुनअनुसार आवश्यक कारबाही अघि बढाइने जानकारी दिएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसका लागि साइबर ब्यूरोसहित सम्बन्धित निकायहरूलाई जानकारी गराइसकेको पनि उनले उल्लेख गरेका छन्।

साथै, उनले यस्ता सामग्रीका आधारमा कसैलाई पनि रकम ट्रान्सफर नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्। आधिकारिक सूचना मात्र विश्वास गर्न र भ्रममा नपर्न समेत उनले अनुरोध गरेका छन्।

नेपालमा पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलिने घटनाहरू बढ्दै गएको सन्दर्भमा यस्तो चेतावनी आएको हो। अध्ययनहरूले पनि डिजिटल माध्यममा गलत सूचना तीव्र रूपमा फैलिने चुनौती देखाएका छन् ।

चौधरी नेपालका चर्चित उद्योगपति हुन् र विभिन्न व्यवसाय तथा राजनीतिमा सक्रिय रहँदै आएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?