National life

ईपीएस परीक्षा खुल्यो, हजारौँ नेपालीलाई कोरियाको ढोका

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|०५ साउन २०८३, मङ्गलबार
1.4kShares
ईपीएस परीक्षा खुल्यो, हजारौँ नेपालीलाई कोरियाको ढोका
ncell

  रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जान चाहने नेपालीका लागि कोरियन भाषा परीक्षाको आवेदन खुला भएको छ।

युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले विभिन्न चार क्षेत्रमा सात हजार २०० जनाको कोटासहित आवेदन आह्वान गरेको हो।

एचआरडी कोरियाबाट उत्पादनमूलक क्षेत्रमा पाँच हजार, कृषि तथा पशुपालन क्षेत्रमा दुई हजार, सेवा क्षेत्रमा १०० र वन क्षेत्रमा १०० जनाको माग आएको शाखाले जनाएको छ।

आवेदन आगामी जुलाई २७ देखि अगस्ट २, २०२६ सम्म अनलाइनमार्फत दिन सकिनेछ। आवेदन शुल्क २८ अमेरिकी डलर तोकिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

परीक्षामा सहभागी हुन १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनुपर्नेछ। आवेदकले फौजदारी अभियोगमा सजाय नपाएको, दक्षिण कोरियामा गैरकानुनी रूपमा बसेर फिर्ता नपठाइएको तथा नेपाल सरकारले अन्य मुलुक जान रोक नलगाएको हुनुपर्नेछ।

त्यस्तै, दक्षिण कोरियामा ई–९ वा ई–१० भिसामा पाँच वर्ष वा सोभन्दा बढी बसेका व्यक्तिले आवेदन दिन पाउने छैनन्।

पहिलो चरणको भाषा परीक्षाको नतिजापछि अर्को चरणको परीक्षा सञ्चालन हुनेछ। अन्तिम परीक्षामा उत्तीर्ण उम्मेदवारको नतिजा दुई वर्षसम्म मान्य हुनेछ।

ईपीएस कोरिया शाखाले भाषा परीक्षा उत्तीर्ण हुँदैमा दक्षिण कोरियामा रोजगारी सुनिश्चित नहुने पनि स्पष्ट पारेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?