National life

फर्स्ट माइक्रोफाइनान्सको नाफामा उछाल, ७३ प्रतिशतभन्दा बढी वृद्धि

लघुवित्त क्षेत्रमै सुधार संकेत, फर्स्ट माइक्रोफाइनान्सको लाभांश क्षमता बढ्यो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|०३ साउन २०८३, आइतबार
724Shares
फर्स्ट माइक्रोफाइनान्सको नाफामा उछाल, ७३ प्रतिशतभन्दा बढी वृद्धि
ncell

काठमाडौँ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड ले खराब कर्जा घटाउनुका साथै ब्याज खर्च नियन्त्रणमा राख्दै आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म नाफामा उल्लेख्य उछाल हासिल गरेको छ।

चौथो त्रैमाससम्म संस्थाले १९ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १० करोड ९८ लाख रुपैयाँको तुलनामा करिब ७३ प्रतिशतभन्दा बढी वृद्धि हो। खुद ब्याज आम्दानी पनि बढेर २२ करोड ७४ लाख रुपैयाँ पुगेको छ, जसले संस्थाको आय संरचना थप बलियो बनाएको देखिन्छ।

सञ्चालन नाफामा झन् उल्लेख्य सुधार देखिएको छ।

Royal Enfield
nic asia capital
अघिल्लो वर्ष १५ करोड ७६ लाख रुपैयाँ रहेको सञ्चालन नाफा बढेर २७ करोड २७ लाख रुपैयाँ पुगेको छ। खराब कर्जा घटाउन सफल हुनु र ब्याज खर्च नियन्त्रणमा राख्न सक्नु नै नाफा वृद्धिको प्रमुख कारण रहेको संस्थाले जनाएको छ।

संस्थाको लाभांश क्षमता पनि सुदृढ बनेको छ। वितरणयोग्य नाफा १३ करोड ६१ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा उल्लेख्य वृद्धि हो। यस आधारमा प्रति शेयर वितरणयोग्य आम्दानी १० रुपैयाँ १३ पैसा कायम भएको छ।

यसैगरी, निष्क्रिय कर्जा अनुपात ३.८४ प्रतिशतबाट घटेर २.८८ प्रतिशतमा झरेको छ भने स्रोतको लागत ६.२२ प्रतिशतबाट घटेर ४.७५ प्रतिशतमा सीमित भएको छ। आधार दर पनि घटेर ६.४१ प्रतिशतमा झरेको छ, जसले वित्तीय स्थायित्वमा सकारात्मक संकेत दिएको छ।

यो समाचार शेयर गर्नुहोस्
724SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?