National life

कांग्रेस सभापति थापाद्वारा रास्वपाको महाधिवेशन सफलताको कामना

उनले नेतृत्वदायी भूमिकामा संगठन विस्तारदेखि निर्वाचनसम्मको यात्रालाई प्रशंसनीय भएको उल्लेख गरेका छन्

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|०७ असार २०८३, आइतबार
842Shares
कांग्रेस सभापति थापाद्वारा रास्वपाको महाधिवेशन सफलताको कामना
ncell

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको अवसरमा शुभकामना व्यक्त गरेका छन्।

थापाले रास्वपा सभापति रवि लामिछानेसहित सम्पूर्ण पार्टी परिवारलाई शुभकामना दिँदै छोटो समयमै रास्वपाले उल्लेखनीय जनसमर्थन हासिल गर्दै राष्ट्रिय राजनीतिमा आफ्नो उपस्थिति बलियो बनाएको बताएका छन्। उनले नेतृत्वदायी भूमिकामा संगठन विस्तारदेखि निर्वाचनसम्मको यात्रालाई प्रशंसनीय भएको उल्लेख गरेका छन्।

उनका अनुसार महाधिवेशन पार्टीका लागि विचार, संगठन र नीतिगत रूपमा अझ परिपक्व बन्ने ऐतिहासिक अवसर हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसले लोकतान्त्रिक मूल्य र अभ्यासलाई सुदृढ गर्दै संविधानले सुनिश्चित गरेका नागरिक अधिकारको संरक्षणमा पार्टीलाई थप स्पष्ट, जिम्मेवार र उत्तरदायी बनाउने विश्वास व्यक्त गरिएको छ।

थापाले आगामी दिनमा रास्वपाको राजनीतिक यात्रा सफल रहोस् भन्ने कामना गर्दै महाधिवेशन पूर्ण रूपमा सफल हुने विश्वास व्यक्त गरेका छन्।

यो समाचार शेयर गर्नुहोस्
842SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?