काठमाडौँ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी इन्द्र बरालीलाई दिइएको छ। संस्थाका अनुसार प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार रायले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएपछि उक्त जिम्मेवारी बरालीलाई सुम्पिएको हो।
सञ्चालक समितिको गत २७ गते बसेको बैठकले रायको राजीनामा साउन १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको जनाएको छ। साथै सोही मितिबाट लागू हुने गरी संस्थाका विभागीय प्रमुख रहेका बरालीलाई निमित्त प्रमुख कार्यकारी अधिकृतसँगै कम्पनी सचिवको जिम्मेवारी पनि प्रदान गर्ने निर्णय गरिएको छ।
संस्थाले नेतृत्व परिवर्तनसँगै नियमित कार्य सञ्चालनमा निरन्तरता दिने जनाएको छ।





































