National life

मधेसमा करदाता सेवा विस्तार, अब स्थानीय तहबाटै सुविधा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|०७ साउन २०८३, बिहिबार
930Shares
मधेसमा करदाता सेवा विस्तार, अब स्थानीय तहबाटै सुविधा
ncell

जनकपुरधाम । मधेस प्रदेशका विभिन्न स्थानीय तहहरूमा करदाता सेवा विस्तार हुन थालेसँगै करसम्बन्धी सेवाहरू नागरिकको पहुँचभित्र पुग्न थालेका छन्। संघीय सरकारले अघि सारेको ‘स्थानीय तहबाटै करदाता सेवा’ अवधारणाअनुसार हाल ३४ स्थानीय तहमा यस्तो सेवा सञ्चालनमा आएको हो।

यसअघि करसम्बन्धी कामका लागि सेवाग्राहीले जिल्ला सदरमुकाम वा आन्तरिक राजस्व कार्यालय पुग्नुपर्ने बाध्यता थियो। विशेषगरी ग्रामीण भेगका नागरिक र साना व्यवसायीका लागि यो प्रक्रिया समयसापेक्ष र खर्चिलो बन्ने गरेको थियो।

Royal Enfield
nic asia capital
अब भने स्थानीय तहबाटै प्यान दर्ता, प्यान रूपान्तरण, आयकर दर्ता लगायतका सेवा उपलब्ध हुन थालेपछि सहजता आएको छ।

मधेस प्रदेशका सप्तरी, धनुषा, सर्लाही, रौतहट र बाराका विभिन्न पालिकाहरूमा सेवा सुरु भइसकेको सम्बन्धित आन्तरिक राजस्व कार्यालयहरूले जानकारी दिएका छन्। सप्तरीका सबै स्थानीय तहमा सेवा सञ्चालनमा आइसकेको छ भने अन्य जिल्लामा पनि विस्तारको क्रम जारी रहेको छ।

यद्यपि सिरहा, महोत्तरी र पर्साका स्थानीय तहमा भने अझै सेवा सुरु हुन सकेको छैन। आवश्यक जनशक्ति, प्रविधि र पूर्वाधारको अभावका कारण सेवा विस्तारमा ढिलाइ भइरहेको जनाइएको छ।

स्थानीय तहबाट सेवा प्रवाह भएपछि करदाताले समय र खर्च दुवै बचत गर्ने अपेक्षा गरिएको छ। साथै यसले कर प्रशासनलाई थप पारदर्शी र व्यवस्थित बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ। डिजिटल प्रणालीमार्फत अन्तिम स्वीकृति दिइने व्यवस्थाले सेवा प्रक्रियालाई आधुनिक बनाउने लक्ष्य राखिएको छ।

यो समाचार शेयर गर्नुहोस्
930SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?