National life

अख्तियारको कारबाही: मधेशका पूर्वअर्थमन्त्रीसहित ७ जनामाथि मुद्दा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|०७ साउन २०८३, बिहिबार
1.8kShares
अख्तियारको कारबाही: मधेशका पूर्वअर्थमन्त्रीसहित ७ जनामाथि मुद्दा
ncell

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा भएको भनिएको भ्रष्टाचार प्रकरणमा मधेश प्रदेशका पूर्वअर्थमन्त्री शैलेन्द्रप्रसाद साहसहित सात जनाविरुद्ध मुद्दा दायर गरेको छ।

आयोगले पूर्वमन्त्री साहसँगै तत्कालीन सचिव गजेन्द्रकुमार ठाकुर, बागमती नगरपालिकाका मेयर भरतकुमार थापा, उपप्रमुख लीलाकुमारी मोक्तान, प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, अर्थ मन्त्रालयका उपसचिव उद्धवराज न्यौपाने तथा ठेकेदार कम्पनी बिकोई धुलिखेल जेभीका प्रतिनिधि युवराज पोखरेललाई प्रतिवादी बनाएको हो।

उक्त परियोजनामा करिब ३९ करोड ३९ लाख रुपैयाँ बराबरको भ्रष्टाचार भएको दाबी गर्दै अख्तियारले आरोपितहरूमाथि फरक–फरक बिगो तथा जरिवाना मागदाबी गरेको छ। पूर्वमन्त्री साह र सचिव ठाकुरमाथि ३५ करोड रुपैयाँ बिगो माग गरिएको छ भने मेयर थापा, उपप्रमुख मोक्तान र प्रमुख प्रशासकीय अधिकृत पोखरेलमाथि ३९ करोड ३९ लाख रुपैयाँ हानिनोक्सानी पुर्‍याएको आरोप लगाइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै, उपसचिव न्यौपानेमाथि २० करोड रुपैयाँ बराबरको भ्रष्टाचार गरेको आरोप छ भने ठेकेदार कम्पनीमाथि पनि ३९ करोड ३९ लाख रुपैयाँ हानिनोक्सानी पुर्‍याएको दाबी गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?