National life

मानसिक स्वास्थ्य परिषद् गठन गर्न रास्वपा सांसद खनालको माग

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|३१ असार २०८३, बुधबार
794Shares
मानसिक स्वास्थ्य परिषद् गठन गर्न रास्वपा सांसद खनालको माग
ncell

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले पछिल्लो समय देशमा बढिरहेका आत्मदाहका घटनाले गम्भीर चिन्ता पैदा गरेको भन्दै मानसिक स्वास्थ्यलाई राष्ट्रिय प्राथमिकतामा राखेर नयाँ नीति निर्माण गर्न सरकारसँग माग गरेका छन्।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खनालले आत्मदाहका घटनाले मानसिक स्वास्थ्यको अवस्था र त्यससँग सम्बन्धित सरकारी संयन्त्रबारे गम्भीर समीक्षा आवश्यक रहेको बताए।

उनले विज्ञान र प्रविधिको क्षेत्रमा उल्लेखनीय विकास भए पनि मानसिक स्वास्थ्यको क्षेत्रमा अपेक्षाअनुसार काम हुन नसकेको उल्लेख गर्दै अहिले बढ्दो डिप्रेसन, चिन्ता र आत्मदाहका घटनाले समाजलाई थप संवेदनशील बनाएको बताए।

‘पछिल्लो समय आत्मदाहका अप्रिय घटना घटिरहेका छन्।

Royal Enfield
nic asia capital
यसले मलाई गहिरो चिन्तित बनाएको छ । अब हामीले मानसिक स्वास्थ्यको विषयमा गहिरो चिन्तन र व्यापक छलफल गर्ने समय आएको छ।’

सांसद खनालले मानसिक स्वास्थ्य सेवा अझै पनि सीमित, असमान र राजधानी केन्द्रित रहेको टिप्पणी गर्दै यसले देशभरका नागरिकलाई सहज रूपमा सेवा पुग्न नसकेको बताए।

उनका अनुसार मानसिक स्वास्थ्य केवल रोगसँग सम्बन्धित विषय मात्र नभई जैविक, मनोवैज्ञानिक र सामाजिक पक्षको सन्तुलनसँग जोडिएको विषय भएकाले यसलाई समग्र दृष्टिकोणबाट सम्बोधन गर्न आवश्यक छ।

मानसिक स्वास्थ्यसम्बन्धी नीतिमा समयानुकूल परिमार्जन गर्दै नयाँ नीति निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले सरकारले यस क्षेत्रमा संस्थागत सुधार अघि बढाउनुपर्ने बताए।

सांसद खनालले मानसिक स्वास्थ्य सेवा प्रभावकारी बनाउन ’मेन्टल हेल्थ काउन्सिल’ स्थापना गर्न सरकारसँग आग्रह गरे। 

उनले सरकारसँगै प्रतिपक्षी दलहरूलाई पनि मानसिक स्वास्थ्यलाई साझा राष्ट्रिय एजेन्डाका रूपमा लिएर आवश्यक कानुनी तथा नीतिगत व्यवस्था गर्न सहयोग गर्न आग्रह गरे।

‘नेपालमा मानसिक स्वास्थ्य परिषद् गठन गरियोस्। योग्य र दक्ष मनोवैज्ञानिकको सहभागितामा मानसिक स्वास्थ्य सेवाको प्रभावकारी अनुगमन र व्यवस्थापन हुने संयन्त्र निर्माण गर्न आवश्यक छ,’ उनले भने।

यो समाचार शेयर गर्नुहोस्
794SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?