National life

सर्लाहीको हरिवन आइपुग्यो मिटरब्याज पीडितको न्याय मार्च

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|२८ असार २०८३, आइतबार
714Shares
सर्लाहीको हरिवन आइपुग्यो मिटरब्याज पीडितको न्याय मार्च
ncell

सर्लाही। मिटरब्याज पीडितहरूले न्यायको माग गर्दै जनकपुरबाट काठमाडौंतर्फ थालेको पैदल यात्रा चौथो दिन सर्लाहीको हरिवन आइपुगेको छ। 

हिजो महोत्तरीको बर्दिबासस्थित पञ्चधुरी माइथानबाट यात्रा सुरु गरेका उनीहरूले करिब २६ किलोमिटर दूरी पार गर्दै साँझ सर्लाहीकै लालबन्दीमा विश्राम गरेका थिए। आज बिहान ७ बजेदेखि पुनः यात्रा सुरु गरिएको हो।

पीडितहरूले चार दिनअघि जनकपुरधामको तिरहुतियागाछीबाट फर्जी तमसुक जलाएर न्याय मार्चको सुरुवात गरेका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सोही स्थानमा गत निर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो चुनावी सभा आयोजना गरेको थियो।

आन्दोलनमा सहभागीहरूको भनाइ अनुसार प्रधानमन्त्री वालेन्द्र साहले जनकपुरधामबाटै मिटरब्याज पीडितको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे पनि पद सम्हालेको सय दिन बितिसक्दा समेत आफूहरूको मागप्रति कुनै ठोस पहल नभएको गुनासो गरेका छन्।

प्राप्त जानकारीअनुसार न्याय मार्चमा देशका ४५ जिल्लाका चार सयभन्दा बढी मिटरब्याज पीडित सहभागी छन्। लगातार चार दिनदेखि पैदल यात्रा गरिरहेकाले अधिकांश सहभागीका खुट्टामा पानीका फोका र ठेला उठ्न थालेका छन्। 

शारीरिक असहजता भए पनि आन्दोलनलाई निरन्तरता दिने उनीहरूको अडान रहेको बताइएको छ। अहिले सर्लाहीको हरिवन क्षेत्रमा चिउरा र आँप खाएर केहीबेर विश्राम गरेपछि पुनः काठमाडौंतर्फको पैदल यात्रा अघि बढाइएको जनाइएको छ।

सर्लाहीको हरिवन पुगेको न्याय मार्चप्रति हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकीले पनि ऐक्यबद्धता जनाएका छन्। उनले केही समय मिटरब्याज पीडितहरूसँगै पैदल हिँड्दै न्याय मार्चमा सहभागिता जनाए भने आन्दोलनकारीसँगै नाराबाजीसमेत गरेका थिए।

आन्दोलनकारीहरूले तमसुकको विद्यमान व्यवस्था खारेज गर्न, मिटरब्याज पीडितको संरक्षणका लागि विशेष कानुन बनाउन, अनुचित रूपमा गुमेको चल तथा अचल सम्पत्ति फिर्ता गराउन र पीडितलाई न्याय सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।

उनीहरूको लक्ष्य साउनको दोस्रो सातासम्म काठमाडौं पुगेर सरकारसमक्ष आफ्ना माग औपचारिक रूपमा प्रस्तुत गर्ने रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
714SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?