काठमाडौँ । मिटरब्याज पीडितहरूको आन्दोलन तीव्र बन्दै गइरहेका बेला सरकारले उक्त समस्या समाधानका लागि विगतमा गठन गरिएका आयोगहरूको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा यस्तो निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल ले आयोगहरूले दिएका सुझावहरू अब ढिलाइ नगरी कार्यान्वयनमा लैजाने जानकारी दिए।
यसैबीच, जनकपुरबाट काठमाडौँतर्फ आन्दोलन गर्दै आएका पीडितहरूसँग गृहमन्त्री सुधन गुरुङ ले बारा पुगेर छलफल गरेका थिए।
सरकारले वार्तासँगै नीतिगत कार्यान्वयनमार्फत समस्या समाधान गर्ने संकेत दिएको छ।































