National life

नक्कली शरणार्थी प्रकरण : रायमाझी–खाणसहितको सजाय आज टुंगिने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|२९ असार २०८३, सोमबार
822Shares
नक्कली शरणार्थी प्रकरण : रायमाझी–खाणसहितको सजाय आज टुंगिने
ncell

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाणसहितका प्रतिवादीको सजाय निर्धारणका लागि आज काठमाडौं जिल्ला अदालतमा सुनुवाइ हुने भएको छ।

जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले यसअघि विभिन्न कसुरमा दोषी ठहर गर्दै सजाय तोक्न अलग सुनुवाइ गर्ने आदेश दिएको थियो। आजको सुनुवाइमार्फत कैद, जरिवाना तथा पीडितलाई दिनुपर्ने क्षतिपूर्तिबारे अन्तिम निर्णय गरिने अपेक्षा गरिएको छ।

प्रचलित कानुनी व्यवस्थाअनुसार तीन वर्षभन्दा बढी कैद सजाय हुन सक्ने मुद्दामा दोषी ठहर भएपछि सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने प्रावधान रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस्तो प्रक्रिया तोकिएको समयसीमाभित्रै सम्पन्न गर्नुपर्ने व्यवस्था पनि छ।

यस प्रकरणमा रायमाझीसहित पूर्वगृहसचिव टेकनारायण पाण्डे र तत्कालीन सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईलाई मुख्य दोषीका रूपमा ठहर गरिएको छ। त्यस्तै, खाण र शरणार्थी नेता टेकनाथ रिजाललगायत केही व्यक्तिलाई सहयोगी भूमिकामा संलग्न ठहर गरिएको छ।

अदालतले सरकारी वकिल र प्रतिवादी पक्षलाई आवश्यक कागजात तथा सजायपूर्व प्रतिवेदन पेश गर्न निर्देशन दिइसकेको छ।

नेपाली नागरिकलाई भुटानी शरणार्थीका रूपमा विदेश पठाइदिने प्रलोभन देखाई रकम असुलिएको यस घटनामा ठगी, किर्ते, संगठित अपराध र राज्यविरुद्धका कसुरसम्बन्धी अभियोग लगाइएको थियो।

यसअघि अदालतले असार २३ गते कसुर ठहरसम्बन्धी फैसला सुनाएको थियो भने त्यसपछि सजाय निर्धारणका लागि आज छुट्टै सुनुवाइ तय गरिएको हो।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
822SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?