काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा प्राविधिक समस्या देखिँदा लगानीकर्तामा अन्योलता छाएको छ। बिहीबार नियमित कारोबार ७.९० अंकको वृद्धिसँगै २,७३४.६३ बिन्दुमा बन्द भएको थियो।
तर बजार बन्द भएको केही मिनेटमै नेप्से परिसूचक अचानक १,७१७.७९ बिन्दुमा झरेको देखियो, जुन करिब ३७ प्रतिशतको अस्वाभाविक गिरावट हो। यस घटनाले लगानीकर्ताबीच आशंका र अन्योलता सिर्जना गरेको छ।
प्रारम्भिक रूपमा यो गिरावट वास्तविक कारोबारको परिणाम नभई प्रणालीमा आएको प्राविधिक गडबडीका कारण भएको अनुमान गरिएको छ।

































