National life

नेक्स्ट जेन कप सकियो, नेपाली फुटबलको भविष्य निर्माणतर्फ हुन्डाईको पहल

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|२९ असार २०८३, सोमबार
1KShares
नेक्स्ट जेन कप सकियो, नेपाली फुटबलको भविष्य निर्माणतर्फ हुन्डाईको पहल
ncell

काठमाडौं | नेपालमा Hyundai गाडीको आधिकारिक वितरक Laxmi Intercontinental Pvt. Ltd. ले AG10 Academy सँगको सहकार्यमा 'Hyundai Next Gen Cup' सफलतापूर्वक सम्पन्न गरेको छ। यस पहलले Hyundai Nepal को ग्रासरुट फुटबलको विकास र नेपाली फुटबलका भावी प्रतिभालाई अवस प्रदान गर्ने आफ्नो दीर्घकालीन प्रतिबद्धतालाई पुनः उजागर गरेको छ।

ललितपुरस्थित च्यासल मैदानमा आयोजित १६ वर्षमुनि (U-१६) एकदिने प्रतियोगितामा आठ टोलीका ८० युवा खेलाडी सहभागी भएका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
FIFA World Cup 2026 ले विश्वभर फुटबलप्रति उत्साह जगाइरहेको बेला Hyundai Nepal ले भने प्रत्येक खेलाडीको यात्रा सुरु हुने स्थानीय मैदानमै भविष्यका प्रतिभाका लागि अवसर सिर्जना गर्ने अभियानलाई प्राथमिकता दियो ।

FIFA World Cup 2026 को Official Partner का रूपमा Hyundai ले आफ्नो विश्वव्यापी ब्रान्ड भिजन “ Next Starts Now” अनुरूप नेपालमा पनि ग्रासरुट फुटबलको दिगो विकासमा योगदान पुऱ्याउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरेको हो।

प्रतियोगितामा Team Creta Electric, Team Venue, Team IONIQ 5, Team Exter, Team Kona, Team Creta, Team Grand i10 NIOS र Team Palisade गरी आठ टोलीबीच प्रतिस्पर्धा भएको थियो। रोमाञ्चक प्रतिस्पर्धापछि Team Venue विजेता बन्दा Team Creta Electric उपविजेतामा सीमित रह्यो।

प्रतियोगिताले युवा खेलाडीहरूलाई व्यवस्थित प्रतिस्पर्धात्मक वातावरणमा आफ्नो क्षमता प्रदर्शन गर्ने, सिक्ने, आत्मविश्वास अभिवृद्धि गर्ने तथा खेलप्रतिको समर्पणलाई अझ मजबुत बनाउने अवसर प्रदान गर्यो । साथै, AG10 Academy सँगको सहकार्यमार्फत नेपाली फुटबलको ग्रासरुट विकासमा दीर्घकालीन योगदान पुऱ्याउने साझा उद्देश्यलाई थप सुदृढ बनाएको छ।

यस अवसरमा AG10 Academy का निर्देशक तथा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङ ले भन्नुभयो, “नेपालमा प्रतिभाको अभाव कहिल्यै थिएन, अभाव थियो अवसरको । यस्ता प्रतियोगिताले युवा खेलाडीलाई ठूलो सपना देख्ने मात्र होइन, त्यसलाई पूरा गर्ने आत्मविश्वास पनि दिन्छन्। Hyundai Nepal को यस्तो साथले नेपाली फुटबलको भविष्यलाई अझ बलियो बनाउने विश्वास लिएको छु।”

Hyundai Next Gen Cup युवा विकास, समुदायसँगको सहकार्य तथा ग्रासरुट खेलकुद प्रवर्द्धनमार्फत अर्थपूर्ण सामाजिक योगदान गर्ने Hyundai Nepal को दीर्घकालीन सोचको प्रतिबिम्ब हो। Hyundai Next Gen Cup को सफल समापनसँगै Hyundai Nepal ले ग्रासरुट फुटबलको विकास र भावी पुस्ताका खेलाडीलाई अवसर प्रदान गर्ने आफ्नो यात्रालाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?