बारा । जनकपुरधामबाट काठमाडौंतर्फ ‘पैदल न्याय मार्च’मा निस्किएका मिटरब्याज पीडितहरुसँग गृहमन्त्री सुधन गुरुङले बाराको निजगढमा भेट गरेका छन्।
गृहमन्त्री आउँदै छन् भन्ने जानकारी पाएपछि आन्दोलनकारीहरु बिहानैदेखि निजगढमै रोकिने निर्णय गरेका थिए। त्यसपछि गृहमन्त्री गुरुङले उनीहरुसँग प्रत्यक्ष भेट गर्दै समस्या र मागबारे छलफल गरेका हुन्।
हाल उद्योग वाणिज्य संघ निजगढको सभाहलमा पीडित पक्ष र गृहमन्त्रीबीच संवाद भइरहेको पीडितका अगुवा मनोज पासवानले बताएका छन्।































