काठमाडौं । पासपोर्ट ठेक्का सम्बन्धी भ्रष्टाचार अभियोगमा मुछिएका सिद्धार्थ थापालाई विशेष अदालतले साधारण तारिखमा रिहा गर्न आदेश दिएको छ ।
विशेष अदालतका न्यायाधीश वासुदेव आचार्य र हेमन्त रावलको संयुक्त इजलासले थापालाई पुर्पक्षका लागि थुनामा नराखी तारिखमा राख्ने निर्णय गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट खरिद प्रक्रियामा अनियमितता भएको आरोप लगाउँदै २०८३ असारमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
उक्त मुद्दामा अख्तियारले थापासँग १० अर्ब १३ करोड ४ लाख ६१ हजार रुपैयाँ बराबरको बिगो दाबी गरेको छ ।


































