काठमाडौँ। भारत सरकारले नेपालका प्रधानमन्त्री बालेन शाहलाई औपचारिक रूपमा भारत भ्रमणको निम्तो दिएको खुलासा भएको छ।
नयाँ दिल्लीमा मंगलबार आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले उक्त जानकारी सार्वजनिक गरेका हुन्।
पत्रकारहरूको जिज्ञासामा प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्री शाहलाई भारत भ्रमणका लागि औपचारिक निम्तो पठाइसकिएको पुष्टि गरेका छन्।
































